अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

धुर्मुस सुन्तलीको क्रिकेट मैदान बनाउने योजनालाई साथ दिदैं टेक लामा र बीरबलले गरे आर्थिक सहयोग

पुरुषोत्तम ढकाल, लसएन्जलस २०७४ चैत २२ गते १७:३५ मा प्रकाशित

गएको फेब्रुवरीमा आयोजना गरिएको नेपाल आइडल मेगा कन्सर्टबाट नाफा भएको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका कार्यक्रम आयोजक टेक ‘बाइबा’ लामा र बीरबल बुढाथोकीले कार्यक्रममा घाटा भए पनि धुर्मुस सुन्तलीको क्रिकेट मैदान बनाउने योजनालाई साथ दिने उद्धेश्यले अमेरिकी डलर १०५०.०० (नेपाली रुपियाँ अक्षेरुपी १ लाख ७ हजार ६ सय ९२) सहयोग गरेका छन् । 

नेपाली अमेरिकनको हितमा क्रियाशील दानवीर टेक ‘बाइबा’ लामा गैर आवासीय नेपाली अभियानका र अर्का सहयोगी बीरबल बुढाथोकी सामाजिक क्षेत्रमा क्रियाशील स्थानीय अगुवा नेपाली अमेरिकन हुन् ।

बुधवार सहयोग राशि हस्तान्तरण गर्दै दानवीर टेक ‘बाइबा’ लामाले भने, ‘हामीले आयोजना गरेको कन्सर्ट घाटामा गएपनि धुर्मुस सुन्तलीको क्रिकेट मैदान बनाउने योजनामा सहयोग गर्न पाउँदा हामी हर्षित छौ । लामाले थपे अमेरिकामा बस्ने नेपाली समुदाय मातृभूमिको सेवामा सहयोग गर्न तयार छ । धुर्मुस सुन्तलीले लसएन्जलसका लागि समय छुट्ट्याउने हो भने उनीहरूको क्रिकेट मैदान बनाउने योजनामा हामी थप सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्दछौ ।

यसै बिच धुर्मुस सुन्तलीको क्रिकेट मैदान बनाउने योजनालाई साथ दिदैं टेक ‘बाइबा’ लामा र बीरबल बुढाथोकीले व्यक्तिगत तवरबाट पठाएको सहयोगको लागि सहयोगी हाथारुलई फाउन्डेसनले धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित सामग्रीहरू