अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

एकै कम्पनीमा कार्यरत २० भन्दा बढि नेपाली ७ महिनादेखी भारतिय जेलमा

बिआरटीनेपाल २०७३ पुष २६ गते ०:१३ मा प्रकाशित

रोजीरोटीको गर्जो टार्न भारत पुगेका २० भन्दा बढि नेपाली ७ महिनादेखी भारतिय जेलमा छन् । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरबाट मजदुरी गर्न गएका नेपाली सात महिनादेखि भारतिय जेलमा रंहदै आएका हुन् ।

यसरी भारतिय जेलमा पर्नेमा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र देखतभूली गाविसका बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला साउद, नरे साउद, टिकेन्द्र साउद, जैदेव ढुङ्गाल, रमेश साउद, गणेश चन्द, गोपाल साउद, भिम साउद लगायत २० जना भन्दा बढी रहेका छन् ।

गत असार महिनादेखी जेलमा परेका उनिहरुलाई मजदुरीको गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोपमा कम्पनी प्रशासनले भारतको उना स्थित जेलमा राखेको हो ।

भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका कर्णबहादुर साउदले मजदुरीको पैसा बढाउनु पर्ने माग राखेकै आरोपमा उनीहरुलाई हडताल गर्न खोजेको आरोपमा जेलमा राखिएको तर यो आरोप झुटो भएकाले जेलमा राखिएका सबै नेपालीलाई छुटाउन नेपाल सरकार र भारतमा रहेको नेपाली राजदूतावासले यथाशीघ्र पहल गर्नु पर्ने बताएका छन् ।

रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू