अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

सरसर्ती संसारको अफ्रिका बिमोचन

बिआरटीनेपाल २०७३ पुष १० गते १४:१० मा प्रकाशित

जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को अफ्रिका बिमोचन तान्जानियाको दार-एस्-सलाममा बिमोचन आइतबार भएको छ ।

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) अफ्रिकाको दोस्रो क्षेत्रीय बैठकको समापछि आयोजित कार्यक्रममा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले पुस्तकको विमोचन गरेका छन् ।
नेपाल अफ्रिका साहित्य समाजले आयोजन गरेको कार्यक्रममा पत्रकार सुवास ढकालले राजदूत राई, लेखक लामिछाने र समाजका अध्यक्ष हिक्मत कार्कीसँग पुस्कतको बारेमा चर्चा गरेका थिए।

लेखक लामिछानेले स्कुले जीवनकालका केही लेखेपनि तत्कालीन उच्च शिक्षाका लागि तत्कालीन सोभियत सङ्घ पुगेपछि त्यो क्रम जुटेको जानकारी गराएका थिए ।

‘पछिल्लो समयमा सामाजिक सञ्जालमा गरेको टिप्पणीहरुलाई लेख्न थालेपछि आएको सुझावपछि लेख्न थालेको हुँ’ लामिछानेले भने, ‘घुम्ने रुचि सानैदेखिको हो । रुसी छात्रवृत्तिको पैसा जोगाएर एक्लै रुकस्याक बोकेर धेरै पटक घुमे ।’

उनले आफूलाई सय पुस्तक पढेभन्दा एक पटकको यात्रा धेरै ज्ञानवर्द्धक हुने भनाइले सधैँ आकर्षित गरिरहेको बताए । ‘अर्को पुस्तक लेखे भने पनि नियात्रा नै हुने छ’ उनको भनाइ थियो । 

पत्रपत्रिका फुटकर नियात्राहरु लेख्दै आएका लामिछानेले पुस्कत लेख्नका लागि काठमाडौँको साहित्यक मोहत्सवमा भएको घटनापछि साथीहरूले जोड गरेको बताए ।

‘एक जना नाम चलेको साहित्यकारले वरिष्ठ साहित्यकार भनेर पुस्तक हस्ताक्षर गरेर दिनुभयो । त्यसपछि जुगलजी(भूर्तेल)ले अब त तपाईँले नलेखि नहुने भो भन्नुभयो’ उनले भने, ‘पहिलेदेखि नै सामाजिक सञ्जाल होस वा पत्रपत्रिका लेखेको सबैतिर राम्रै प्रतिक्रिया प्राप्त गरेको थिए । ‘

दुई साताअघि काठमाडौमा सो पुस्तकको बिमोचन भएको थियो । अफ्रिका विमोचन कार्यक्रममा बोल्दै राजदूत राईले सरसर्ती संसारको पढ्दा र अन्य देशमा भएका प्रसंगहरुलाई लेखेकले राम्रोसँग उतारेको बताए । ‘हिराको पारख जुवाहरीलाई थाहा हुन्छ । चुरौटेलाई होइन’ राईले भने ।

‘पुस्तकमा कहाँ गए के भयो भन्ने मात्रै छैन । गएको ठाउँको इतिहास, संस्कृति र अन्य पक्ष पनि राम्रोसँग उतारिएको छ’ राईले भने, ‘त्यसलाई नेपालसँग जोड्न यसलाई झनै सुन्दर बनाइएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू