अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

पहाड

बिआरटीनेपाल २०७३ मंसिर २८ गते १८:३८ मा प्रकाशित
 

 

निश्चल ,
नीडर,
स्वाभिमानी ,
अखण्ड ,
एउटा स्थुलताको परिचायक,
जीबनदायीनीका मुहानहरु ,
समयको पाबन्दिमा कैद भैरहेको देखिरहेको छु म ।
कस्तो घृणा
कस्तो बितृष्णा /
क्षोभ तिम्रो अटलताप्रति,
तिम्रो निश्वार्थताप्रति आफू जर्जर भएर हमेसा ,
आगनहरु हराभरा बनाइरहँदा ।
एउटा कालखण्डको अस्तु ,
तिम्रो स्वाभिमानलाई थिलो थिलो बनाउने शकुनि पासा , ।
तिम्रो बैराग्यतालाई कसरी अभिब्यक्त गरुँ म ?
यो बैरभाबको बिजारोपणमा उद्धत आधुनिक काैरबहरु ,
कुटिलताको द्रोणास्त्र प्रयोग गर्दैछन्
तिमी उपर तिम्रो नैतिकता र स्वाभिमानलाई
लिलामी लगाउन चाहान्छन् ।
परन्तु तिम्रा आधुनिक अर्जुनहरु निकम्मा छन् ,
निर्लज्ज छन् , बेशरम छन् ।
तिम्रा आगनबारिमा जहरका पाैदाहरु बोैरिरहदा ,
सिंहदरबाररुपि हस्तिना पाउने तुच्छ मह्वाकांक्षामा
सोमरस पिइरहेका छन् ।
असह्य पीडाको यो दलदलवाट
उठ पहाड तिमी उठ
तिम्रो समतल आगनवारिको रक्षा गर । .
 
प्रतिक्रिया