अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६
| Colorodo: 06:11
सुरुङ्गा (झापा), मङ्सिर २० गते । होटेल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ । विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट नगद रु एक लाख ७५ हजार बरामद गरेको छ । झापामा लामो समयदेखि जुवा खेलाउँदै आएको विशेष सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको छ ।