अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

अमेरिकामा अझ पनि तेह्र प्रतिशतले इन्टरनेट नै प्रयोग गर्दैनन : पत्याउनै गार्हो ?

बिआरटीनेपाल २०७३ मंसिर १९ गते ८:३७ मा प्रकाशित

कुरा पत्याउनै गार्हो l संसारको सबै भन्दा सम्वृद्धिशालि मूलक अमेरिकामा अझ पनि अमेरिकाका कैयौ नागरिकले अति आवश्यक प्रयोग नगरी नै सुख नपाइने इन्टरनेट नै प्रयोग गर्दैनन भन्दा हतपत्त विश्वास नै लाग्दैन l

जुन मुलुकमा हरेक चिज यसको माध्यमबाट नै अपरिहार्य रूपमा प्रयोग हुने राष्ट्रमा अझ पनि पचासौ वर्ष पछिको अमेरिका भएको जस्तो अनुभूति हुन्छ l अमेरिकाको एक पिउ अनुसन्धान केन्द्रको सर्वेक्षण तथ्याङ्क अनुसार आज अमेरिकामा १३ प्रतिशत वयस्कहरुले इन्टरनेट बिना नै काम चलाई रहेको देखाएको छ l मोनिका एन्डरसन तथा एनड्रु पेरिनले उक्त तथांक तयार गरेको पिउ अनुसन्धान केन्द्रले जनाएको छ l

सरकारले इन्टरनेट प्रयोग गर्न प्रोत्साहन गरेको छ l सन् २००० मा त्यो तथांक केही हद सम्म १३ प्रतिशत भन्दा कम रहेता पनि पिउ अनुसन्धान केन्द्रले प्रविधिको सामाजिक प्रभाव बारे अध्ययन गरेको थियो l जस अनुसार झन्डै ४८ प्रतिशत वयस्क मानिसहरूले इन्टरनेट प्रयोग नगरेको तथ्य निकालेको छ l

internet2

सन् २०१३ मा गरिएको सर्वेक्षण अनुसार इन्टरनेट प्रयोग गर्न नसक्नुका केही महत्त्वपूर्ण कारणहरू पत्ता लगाएका छन् l इन्टरनेट प्रयोग नगर्ने तेस्रो व्यक्ति करिब ३४ प्रतिशत इन्टरनेटको सुविधा नभएकोले आफुहरु प्रयोग नगर्ने र अभिरुचि नलाग्ने बताएका थिए l आश्चर्यको कुरा इन्टरनेट उनीहरूको जीवनमा त्यति महत्त्वपूर्ण छ भन्ने उनीहरूमा ज्ञान नहुनु पनि एक कारण लेखेको छ l

अर्का ३२ प्रतिशत इन्टरनेट प्रयोग नगर्नेहरु यो प्रयोग गर्न कठिन भएको बताएका थिए भने ८ प्रतिशतको समूह सहितले आफुहरु वृद्ध भएकोले सिक्न कठिन भएको बताएका छन् l केहीले महँगोको कारण प्रयोग नगर्ने समेत भनेका थिए l

वरिष्ट नागरिकले आफुहरु कहिले नजाने र प्रयोग नगर्ने बताएका थिए l १० मध्ये ४ जना वयस्क र ४१ प्रतिशत त्यो भन्दा ज्यादा उमेरका ले अन्तर्जाल नै प्रयोग नगर्ने बताएको छ l घरको आम्दानी र शिक्षाको कारण पनि इन्टरनेटमा जान नसक्ने ठहर गरेको छ l १० कक्षा मुनि सम्म पढेका र वयस्क भई सकेकाले पनि इन्टरनेट प्रयोग गर्दैनन् भनी तथ्य निकालेको छ linternet

३० हजार भन्दा कम वार्षिक आम्दानी भएका वयस्कले आठ गुणा कम इन्टरनेट प्रयोग गर्ने सम्भावना रहेको लेखेको छ l यसै गरी ग्रामीण क्षेत्रमा रहने अमेरिकनले सहर तथा महानगर क्षेत्रमा बस्ने भन्दा झन्डै दुई गुणा कम तथा कहिले पनि इन्टरनेट प्रयोग गर्दैनन् भनी जनाएको छ l

हाल अन्तर्जाल बाहिर बस्ने जनसङ्ख्या घट्दो अवस्थामा छ l उदाहरणको लागि सन् २००० मा ८६ प्रतिशत ६५ वर्ष र माथिकाले इन्टरनेट प्रयोग गर्दैन थिए तर आज आधा प्रतिशतमा त्यो घटेको छ l १० कक्षा नै उत्रिन नगरेकाले ७१ प्रतिशत बाट ३४ प्रतिशतमा झरेका छन् l अर्थात् इन्टरनेट प्रयोग गर्न थालेका छन् l सबै तथांकहरु गत वर्ष जुलाई १८ ,२०१५ मा संशोधन गरिएको जनाएको छ l

A person prepares to search the internet using the Google search engine, on May 14, 2014, in Lille. In a surprise ruling on May 13, the EU's top court said individuals have the right to ask US Internet giant Google to delete personal data produced by its ubiquitous search engine. AFP PHOTO / PHILIPPE HUGUEN (Photo credit should read PHILIPPE HUGUEN/AFP/Getty Images)

श्रोत : पिउ अनुसन्धान केन्द्र
तस्बिर सौजन्य :एएफपी ,फिलिप हुगेन

प्रतिक्रिया