अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

संगीतकर्मीको सम्झनामा नारायण गोपाल (फोटो फिचर)

बिआरटीनेपाल २०७३ मंसिर १९ गते ६:२२ मा प्रकाशित

स्वर सम्राट नारायण गोपालको २६ औं स्मृती दिवस मनाईएको छ । २०४७ साल मंसिर १९ गते निधन भएका नारायण गोपालको सम्झनामा आईतवार उनको निवास र संगै रहेको नारायण गोपाल चोकमा बिशेष कार्यक्रमहरुको आयोजना गरि उनको २६ औं स्मृती दिवस मनाईएको हो ।

SONY DSC

आइर्तवार बिहानै देखी नारायण गोपालका सहकर्मी, नयाँ पुराना संगीतकर्मी र उनका प्रसंशकहरु महाराजगञ्ज स्थीत उनको घरमा जम्मा भएका थिए । प्रत्यक बर्ष उनको निधन भएको दिनलाई सम्झेर नारायण गोपाल संगीत कोषले उनकै निवासमा कार्यक्रम आयोजना गर्दै आएको छ । जसमा लामो समय देखी नेपाली संगीत क्षेत्रमा योगदान पुर्याउने संगीतकर्मीलाई उनको नाममा स्थापना गरिएको पुरस्कार द्वारा सम्मान गरिनुका साथै नयाँ पुराना दुवै पुस्ताका गायक गायीकाहरुले उनि द्वारा स्वरवद्ध गीतहरु गाउने गर्दछन् । उनको नाममा स्थापना गरिएको सम्मानबाट यो बर्ष गायीका द््वय ज्ञानु राणा र मिरा राणा सम्मानित भएका छन् ।

SONY DSC

त्यस्तै स्वर सम्राट नारायण गोपालको सम्झनामा  अजर जंगम, मदन गोपाल, मिरा राणा, ज्ञानु राणा, सुरज कुमार थापा, बिकास राणा लगायका गायक गायीकाले उनका गीतहरु सुनाएका थिए ।

SONY DSC

दार्जलिङ्गबाट केहि दिनका लागि नेपाल आएकी गायीका दिलमाया खाँतीले नारायण गोपाल संगको आफ्नो गायन अनुभव सुनाएकी थिईन् भने आज सम्मानित भएका गायीका द्वय ज्ञानु राणा र मिरा राणाले पनि नारायण गोपाल संग काम गर्दाका दिनहरु सम्झेका थिए ।

SONY DSC

 

त्यस्तै नारायण गोपाल संग निकट रहेका कलाकर्मी प्रकाश सायमीले उनि संग जोडीएका बिभिन्न घटना र प्रशंगहरु साथै नारायण गोपाल पत्नी पेमला गुर्वाचार्यका बारेमा पनि आफ्ना अनुभव बांढेका थिए ।

SONY DSC

स्वर सम्राट नारायण गोपालको सम्झनामा आजै नारायण गोपाल चोकमा पनि बृहत कार्यक्रमको आयोजना गरिएको थियो । उपराष्ट्रपति नन्द किसोर पुनले उद्घाटन गरेको नारायण गोपाल बार्षिक स्मृती कार्यक्रम दिउँसो १ बजेबाट सुरुे भएर साँझ ५:४५ सम्म चलेको थियो । जसमा २७ जना नयाँ पुराना गायक गायीकाले नारायण गोपाल द्वारा गाईएका गीतहरु प्रस्तुत गरेका थिए ।

SONY DSC

प्रेम ध्वज प्रधान, संगीता राना प्रधान, काली प्रसाद रिजाल, तुलसी घिमिरे, सुरेस अधिकारी, लक्ष्मण शेष लगायतका गायक गायीका तथा गीतकार र संगीतकारको उपस्थिती रहेको सो कार्यक्रममा भविन ढुंगाना, जुना प्रसाई , प्रवेश मान शाक्य, संगीता राना प्रधान, प्राश्ना शाक्य, दुर्गा परियार लगायतले नारायण गोपालका गीतहरु प्रस्तुत गरेका थिए ।

SONY DSC

। बिक्रम कार्की, सचिन सिंह, अनुप दास, कुन्दन शाह लगायतका बाद्य बादकहरुको साथमा खुल्ला कन्सर्टको रुपमा आयोजना गरिएको यो कार्यक्रममा दर्शकहरुको घुईचों लागेको थियो ।

SONY DSC

२०४७ साल मंसीर १९ गते वीर अस्पतालमा निधन भएका नारायण गोपालको निधनमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायत थुप्रै राजनेता र कलाकर्मीहरुको उपस्थिति थियो ।  उनको शव यात्रामा जति जनताहरु उपस्थित थिए, त्यो उपस्थिति कुनै कलाकारको मृत्युमा भएको उपस्थितिको एउटा रेकर्ड थियो ।

SONY DSC

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू