अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

राजधानीमै प्रधानमन्त्री प्रचण्डको पुत्ला जल्यो

बिआरटीनेपाल २०७३ मंसिर १६ गते ९:२० मा प्रकाशित

काठमाडौँ: संविधान संशोधन प्रस्तावको विरोधमा उत्रिएका प्रदर्शनकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ल जलाएका छन् । बिहीबार प्रमुख प्रतिपक्षी दल एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र युवा सङ्गठन युवा सङ्घ नेपालले प्रधानमन्त्रीको पुत्ल जलाएका हुन् ।

सरकारले मङ्गलवार व्यवस्थापिका संसद्मा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा राजधानीको पुतलीसडकमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला जलाएका हुन् । संविधान संशोधनका नाममा सरकारले राष्ट्रघात गर्न लागेको भन्दै एमाले युवाले संशोधन दर्ता भएको विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने चेतावनी दिएका छन् ।

त्रि–चन्द्र कलेजबाट सुरु भएको विरोध र्याली, बागबजार हुँदै पुतलिसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा सङ्घका अध्यक्ष राजीव पहारीले सरकारले संविधान संशोधनका नाममा देश समाप्त पार्न लागेको आरोप लगाए । ‘सरकारले संविधान संशोधन प्रस्तावको नाममा मुलुकलाई समाप्त पार्न खोजेको छ’, पहारीले भने, ‘यत्तिबेला हामी मुलुक जोगाउन समेत सडकमा आउनुपर्ने बाध्यतामा छौँ ।’

कोणसभालाई अनेरास्ववियुका महासचिव ऐन महरलगायतले सम्बोधन गरेका थिए । प्रदेश नम्बर ५ विभाजन गर्ने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन भइराखेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका युवा सङ्गठन भने सकारकाविरुद्धको आन्दोलनमा सक्रिय छन् भन्ने समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू