अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

सिक्किमको साहित्यिक कार्यक्रममा नेपालका ८ श्रष्ठा सहभागी

बिआरटीनेपाल २०७३ मंसिर १० गते ११:१७ मा प्रकाशित

नेपाली साहित्य परिषद सिक्किमले मंसिर १२ मा गान्तोकमा गर्ने साहित्यिक कार्यक्रमका लागि नेपालका ८ जना श्रष्ठाहरु आज सिक्किम पुगेका छन् । ।  परिषदको प्रतिभा मिलन कार्यक्रमको ९२ औं श्रृंखलाका लागि प्राध्यापक डाक्टर भीम खतिवडा, भूपेन्द्र तिम्सिना, लोकेन्द्र बञ्जारा, सुरेश सुवेदी, विश्वदिप संकल्प, घनश्याम पथिक, कुमार समदर्शी र कृष्ण घिमिरे सिक्कीम पुगेका हुन् ।

मुख्यत, सिक्किममा मौलाउन थालेको गजल विधामाथिको छलफल सहितको गोष्ठी हुने कार्यक्रम रहेको आयोजक समिति सदस्य जिविका खतिवडा अश्रुले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू