अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

अमेरिकी निर्वाचनमा ह्याक भएको वैज्ञानिकको दाबी

बिआरटीनेपाल २०७३ मंसिर ९ गते १३:४० मा प्रकाशित

अमेरिकाको आम निर्वाचन भएको दुई हप्ता पार गरी सकेको छ l निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप यस संक्रमण कालीन मन्त्री मण्डल बिस्तारमा व्यापक लागेका छन् l अझ पनि निर्वाचक मत (इलेक्टोरल ) को समस्या देखा परि रहेको छ l

चुनावमा विजयी भएता पनि राष्ट्रपति बन्ने डोनाल्ड ट्रम्पले अझै एक चरण उत्रीण गर्नुपर्छ l अर्थात् २ सय ७० निर्वाचन मत महा विद्यालय(कलेज)को मत पाउनु पर्छ l आगामी डिसेम्बर १९ को निर्वाचनमा २ सय ७० निर्वाचक मत ट्रंपले पाएनन् भने राष्ट्रपति हुने छैनन् । त्यस्तो हुने अवस्था न्यून छ l

पछिल्लो लोकप्रिय मत गणना अनुसार हिलारीले ६ करोड ४२ लाख प्राप्त गरेकी छिन् भने डोनाल्ड ट्रंपले ६ करोड २२ लाख प्राप्त गरेको आंकडाले देखाएको छ l कालिफोर्नियामा मात्र हिलारीको पक्षमा ३७ लाख पाएकी छिन् l लोकप्रिय मतले निर्वाचन जितिदैन l लोकप्रिय मतमा हिलारी २० लाखले निर्वाचित राष्ट्रपति भन्दा अगाडी छिन् l

अमेरिकामा उत्कृष्ट सुसांख्य यन्त्र (कम्प्युटर )वैज्ञानिकहरूले अमेरिकी निर्वाचनमा अनाधिकृत प्रवेश (ह्याक) भएको पत्ता लगाएको दाबी गरेका छन् l र ,उनीहरूले हिलारी क्लिन्टन चुनाव अभियान टोलीलाई विस्कनसिन, मिचिगन तथा पेनसेल भेनिया राज्यमा पुन मतगणना को पहल गर्न अनुरोध गरेका छन् l
गत बुधवार देखि नै यो कुरा सञ्चार माध्यममा आई रहेका छन् भने केही प्रमाण फेला पारेको र तिकडम गरेको दाबी गरेको पत्र पत्रिकाले लेखेका छन् l विस्कनसिन ,मिचिगन तथा पेनसेलभेनिया राज्यहरूमा अधिकांश डेमोक्रेटिक दलले जित्ने गरेको तर यस पटक हिलारी पराजित भएकोले उक्त राज्यहरूमा अनाधिकृत प्रवेश (ह्याक) भएको वैज्ञानिकको दाबी गरेको सीएनएन ले लेखेको छ l

trump-hillary

उक्त वैज्ञानिकहरूले क्लिन्टनका उच्च सहयोगीहरुसंग भेटि फेला परेको कुराहरू प्रस्तुत गरेको समाचार छापेको छ l मिचिगन विश्व विद्यालयका केन्द्रका कम्प्युटर सुरक्षा तथा समाजका वैज्ञानिक मध्ये जे एलेक्स हाल्डरम्यानले क्लिन्टन निर्वाचन प्रचार प्रसार अभियानलाई जानकारी दिएका थिए l क्लिन्टनले ज्यादै खराब नतिजा प्राप्त गरेका काउन्टीका मतदान पत्र ,अन्य उपकरण बिधुतिय मतदान यन्त्रको तुलनामा शंकास्पद रहेको श्रोत अनुसार भनेको छ l

उक्त अनुसन्धान समूहले जोन पोडेस्ता ,क्लिन्टन चुनाव अभियान सभापति ,मार्क इलियस ,अभियान परामर्श दातालाई सूचना दिएका छन् l क्लिन्टनले केवल ७ प्रतिशत मत त्यी काउन्टीमा पाएकी थिइन् जुन बिधुतिय मतदान उपकरणमा निर्भर रहेको थियो l जस्मा समूहले यसमा अनाधिकृत प्रवेश (ह्याक) भएको हुन् सक्दछ भनी दाबी गरेको सीएनएनले लेखेको छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू