अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

अनेसास कोलोराडो च्याप्टरको निर्वाचन आचार संहिता र नियमवाली २०१६

बिआरटीनेपाल २०७३ मंसिर १ गते २२:२२ मा प्रकाशित

आदरणीय सदस्य महानुभावहरु,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको वर्तमान कार्यसमितिको पदावधि निकट भविष्यमा पूरा हुन लागेकोले अनेसास कोलोराडो च्याप्टरको विधान, २०१२ बमोजिम नयाँ कार्य समितिको निर्वाचन प्रक्रिया सम्पन्न गरी नोभेम्बर २७, २०१६ का दिन आयोजना हुने साहित्यिक कार्यक्रममा नवनिर्वाचित समितिको घोषणा गर्ने गरी जिम्मेवारी प्रदान गरिएको व्यहोरा जानकारी गराउँदछु । अनेसास कोलोराडो च्याप्टरको इतिहासमा तेस्रो पटक सम्पन्न हुन गइरहेको यो ऐतिहासिक निर्वाचन निष्पक्ष, धाँधलीरहित र तोकिएको समयमै सम्पन्न गर्ने विश्वास दिलाउन चाहन्छु ।

अनेसास कोलोराडो च्याप्टर कार्य समितिले दिएको अख्तियारी प्रयोग गर्दै श्री किरण डाँगीलाई निर्वाचन समितिको सदस्यमा मनोनीत गरेको छु ।

निर्वाचन समितिले आगामी निर्वाचनको लागि निम्न बमोजिम निर्वाचन आचार संहिता र नियमावली तयार पारेको छ ।

अनेसास कोलोराडो च्याप्टरको निर्वाचन आचार संहिता र नियमवाली २०१६:

उम्मेदवारी दर्ता गर्ने, फिर्ता लिने र दाबी विरोध गर्ने सम्बन्धमा:

१) इच्छुक व्यक्तिहरूले inlscoloelection2016@gmail.com मा इमेल पठाई उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यो बाहेक अरू माध्यमबाट पठाइएको उम्मेदवारी मान्य हुने छैन । समूहमा इमेल पठाई दर्ता गरिएको उम्मेदवारी र तेस्रो व्यक्तिले दर्ता गरिदिएको उम्मेदवारी मान्य हुने छैन । प्रत्येक उम्मेद्वारले आफ्नै तर्फबाट इमेल पठाई उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

२) उम्मेद्वारहरुले नोभेम्बर १७ , २०१६ देखि नोभेम्बर २२ , २०१६ भित्रमा आफ्नो उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ ।

३) एउटा व्यक्तिले एउटा पदको लागि मात्र उम्मेदवारी दिन पाउने छ ।

४) निर्वाचन समितिले नोभेम्बर २३ मा उम्मेद्वारहरुको पहिलो नामावली प्रकाशन गर्नेछ ।

५) नामावली प्रकाशन भएपछि कुनै उम्मेद्वारले उम्मेदवारी माथि लेखिएको इमेलमा इमेल पठाई नोभेम्बर २४भित्र फिर्ता लिनसक्नेछ ।

६) नामावली प्रकाशन भएपछि नोभेम्बर २४ सम्म उम्मेद्वारहरुको उम्मेद्बारीमा दाबी विरोध परेमा निर्वाचन समितिले छानवीन गरी निर्णय गर्नेछ ।

७) नोभेम्बर २५ मा निर्वाचन समितिले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

८) यदि एउटै पदमा एक भन्दा बढी उम्मेदवार परेको खण्डमा निर्वाचन समितिले इमेलको माध्यमबाट मतदान हुनेगरी चुनाव गर्नेछ ।

९) मतदान हुने भएमा सो सम्बन्धी विस्तृत विवरण निर्वाचन समितिले नोभेम्बर २५ मा जानकारी गराउने छ ।
उम्मेदवारी सम्बन्धमा:

१) अध्यक्ष बाहेक चुनावी उम्मेद्वारहरू कम्तीमा कोलोराडोमा ३ महिना अघि देखि बसोबास गर्दै आएको र कम्तीमा ३ महिना अगाडी देखि अनेसास कोलोराडो च्याप्टरको सदस्य भएको हुनुपर्नेछ ।

२) अध्यक्षको उम्मेदवारी पदको लागि कम्तीमा कोलोराडोमा दुई वर्ष अघि देखि बसोबास गर्दै आएको र कम्तीमा दुई वर्ष अगाडी देखि अनेसास कोलोराडो च्याप्टरको सदस्य भएको हुनुपर्नेछ । लगातार दुई पटक सम्म अध्यक्ष भइसकेको व्यक्तिले तेस्रो कार्यकालको लागि उम्मेदवार दर्ता गर्न पाउने छैन ।

३) निर्वाचन समितिले उम्मेदवारी हुन पाउने नपाउने कुराको छानबिन गरी अन्तिम निर्णय गर्नेछ ।

मतदाता सम्बन्धमा:
१) अनेसास कोलोराडो च्याप्टरको सदस्यता लिएको कम्तीमा ३ महिना पुगेको र कम्तीमा ३ महिना अघि देखि कोलोराडोमा बसोबास गर्दै आएको हुनुपर्ने छ ।
२) मतदाताले अनिवार्य रूपमा आफ्नो इमेल ठेगाना रुजु गरी inlscoloelection2016@gmail.com मा नोभेम्बर २२ भित्र आफ्नो पुरा नाम र इमेल ठेगाना पठाउनु पर्नेछ। आफ्नो इमेल ठेगाना रुजु गरी नोभेम्बर २२ भित्र निर्वाचन समिति लाई जवाफ नपठाएमा निर्वाचन समितिले मतदान गर्नबाट वञ्चित गर्नेछ ।

३) अनेसासले प्रदान गरेको नामावलीमा प्रस्ट रूपमा मतदाताको नाम हुनुपर्नेछ। निर्वाचन समितिले कुनै पनि प्रकारको नामवली सम्बन्धी विवादको समाधान गर्ने छ ।

निर्वाचन कार्यबिधि:
१) निर्वाचन समितिले तोकेको मितिमा निर्वाचन सम्पन्न हुनेछ ।

२) अनेसासको विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ६ जना सदस्यहरूको पदहरूमा चुनाव हुनेछ ।

३) निवार्चन समितले योग्यता प्रमाणित भएका उम्मेद्वारहरूविच मात्र निर्वाचन गर्नेछ ।

४) मतदाताको आधिकारिक इमेल बाहेक अन्य माध्यम बाट आएका मतको कुनै मान्यता हुने छैन ।

५) निर्वाचन समितिले मत भएका इमेल हरूको प्रमाणिकरण गर्नेछ । प्रमाणित नभएको इमेलहरूको मान्यता रहने छैन ।

६) सामान्य बहुमतबाट उम्मेद्वारहरू विजेता घोषणा हुनेछन । यदि बराबरी मत भएमा निर्वाचन समितिको निगरानीमा गोला प्रथाबाट विजेता चुनिने छ ।

७) चुनाव भएकै दिनमा निर्वाचन समितिबाट विजय उम्मेद्वारहरूको घोषणा हुने छ ।

धन्यवाद,

विनोद राज त्रिपाठी
संयोजक
निर्वाचन समिति २०१६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टर
Email: inlscoloelection2016@gmail.com

मिति : १६ नोभेम्बर २०१६

प्रतिक्रिया