अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

कवि राजेन्द्र श्रेष्ठको काब्यकृती विमोचन

बिआरटीनेपाल २०७३ कार्तिक २५ गते ६:४० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको साहित्यिक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गङ्गाप्रसाद उप्रेतीले अनेसास न्यु योर्क च्याप्टरका अध्यक्ष कवि राजेन्द्र श्रेष्ठको काव्य कृति ” आकुरा ” को विमोचन गर्नु
भयो ।

सो अवसरमा कुलपति उप्रेतीले कृतिकारलाई बधाई ज्ञापन गर्दै कृतिभित्रका कविताहरू उत्कृष्ट रहेको बताउनु भयो ।

अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो समारोहमा कवि राजेन्द्र श्रेष्ठलाई सम्मान पनि गरिएको
थियो । सोही समारोहमा साहित्यकारहरु दामोदर पुडासैनी, उषा तिवारी देवकोटा र मेनुका चापागाईं लाई समाजको आजीवन सदस्यताको प्रमाणपत्र र ब्याच पनि प्रदान गरिएको थियो ।

विमोचित कृतिका बारे प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले समीक्षात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो । सोही अवसरमा विमोचित कृतिबाट कवि पूर्ण विराम र सुनिता खनालले कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार माया ठकुरी, अध्यक्ष राधेश्याम लेकाली, कवि राजेन्द्र श्रेष्ठ, अनेसास सदस्य राजेन्द्र शलभ, कार्यसमिति सदस्य गीता मैनालीलगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू