अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

मलेसियाको एक विद्यायलमा आगलागी हुँदा २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

बिआरटीनेपाल २०७४ भदौ २९ गते १२:३६ मा प्रकाशित

मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी २२ जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त विद्यालय बालकहरुका लागि मात्र हो । यस आगलागीमा परी मृत्यु भएका व्यक्तिमा अधिकांश १३ देखि १७ वर्षका रहेका जनाइएको छ । अधिकारीहरुका अनुसार केही बर्षयता भएका भीषण आगलागी मध्ये यो सबैभन्दा खतरनाक हो ।

आगलागी बिहीबार बिहानको मिर्मिरेपूर्व नै भएको थियो । त्यस समयमा बालकहरु सुतिरहेको अनुमान गरिएको छ ।बिहानीको हिँडाई (मर्निङ वाक) का लागि नागरिकहरू सडकमा गएका बेला उक्त विद्यालयको माथिल्लो तलामा आगोको मुस्लो निस्किएको देखेका थिए ।साथै बालकहरुले भित्रबाट बचाउ बचाउ भन्दै रोइरहेको आवाज पनि उनीहरूले सुनेका थिए । त्यसपछि उनीहरूले नै प्रहरी र दमकललाई खबर गरेको बताइएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरको मध्य भागमा रहेको इस्लामिक धार्मिक विद्यालय ताहफिजमा बिहीबार बिहानै आगलागी सुरु भएको थियो ।स्थानीय टेलिभिजनहरुले देखाएका दृश्यहरुमा आगलागीको कारण ठुलो धुवाँको मुस्लो र खरानी उडेको तथा सो विद्यालयबाट किशोरहरु भाग्ने कोसिस गरिरहेका र भागेका देखिन्छ । क्वालालम्पुरका प्रहरी प्रमुख अमर सिंहका अनुसार सो आगलागीमा परी मृत्यु भएका व्यक्तिको शरीर पुरै जलेको थियो । दुर्भाग्यवश यस विद्यालयमा एउटै मात्र प्रवेशद्धार रहेको र सबै शवहरु एकको माथि अर्को गरी त्यहीँ थुप्रिएको दृश्य पनि टेलिभिजनहरुले देखाएका छन् । 

मलेसियाको आगलागी उद्धार विभागका निर्देशक खिरुदिन ड्राहम्यानले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुुसार यो यस देशको २० बर्षयताको सबैभन्दा भीषण आगलागी हो ।प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ । प्रहरीको प्रारम्भिक अनुमानमा उक्त विद्यालय भवनमा विद्युतीय गडबडीबाट आगो निस्किएको पाइएको जनाइएको छ । रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू