अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

‘यूथ इन्स्पीरेशन अवार्ड २०१७’ द्वारा धुर्मुस–सुन्तली, विजय सापकोटा लगायत ४ जना सम्मानित

बिआरटीनेपाल २०७४ वैशाख १३ गते १:२० मा प्रकाशित

“यूथ इन्स्पीरेशन अवार्ड २०१७” द्वारा धुर्मुस–सुन्तली, विजय सापकोटा लगायत अन्य चार जनालाई सम्मानित गरीएको छ । बिभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप मंगलवार उनिहरुलाई पूर्व राष्ट्रपति डा.रामवरण यादव र परराष्ट्रमन्त्री डा. प्रकास शरण महतको बाहुलीबाट “यूथ इन्स्पीरेशन अवार्ड २०१७” द्वारा सम्मानित गरिएको हो ।

‘युथ पार्लियामेन्ट नेपाल’लको आयोजनामा सोमबार र मंगलवार काठमाडौं स्थित राष्ट्रिय सभा गृहमा आयोजित २ दिने यूथ सार्क रिजनल कन्फेरेन्समा सम्मानित ४ जना ब्यक्तीहरु मध्य धुर्मुस सुन्तलीलाई सामाजिक सेवामा क्रियाशील रहि सामाजिक बिकास, सद्भाव र चरम गरिबी तथा अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहर समुदायको उत्थानका लागि गरेको प्रयत्नको कदर गर्दै सम्मानित गरिएको हो भने अस्ट्रेलिया स्थित न्यू साउथ वेल्समा करिब २ सय देशका २ लाख बढी अन्तर्राष्ट्रिय बिद्यार्थीहरुमध्येबाट २०१७ मा उत्कृष्ट छनोट भएका यू टि एस विश्वविद्यालयमा इन्जिनियरिङ बिषय लिई अध्ययनरत अष्ट्रेलियाको सिड्नीमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै बहुसांस्कृतिक समाज निर्माणका लागि महत्वपुर्ण भुमिका खेलेको र सामाजिक उत्थानमा पुर्याएको योगदानको कदर स्वरुप यू टि एस विश्वविद्यालयमा इन्जिनियरिङ बिषय लिई अध्ययनरत चितवन निवासी विजय सापकोटालाई उक्त अवार्ड प्रदान गरीएको हो ।

३ बर्षअघि मात्र विद्यार्थी भिषामा चितवनबाट सिड्नी गएका विजय सापकोटा सो विश्वविद्यालयको काउन्सिल सदस्य पनि हुन् ।

नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको उक्त सम्मेलनमा सार्क राष्ट्रका चार–चार जना युवा र नौ वटा निरिक्षक देश र अन्य मित्र राष्ट्रहरूको समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू