अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

नेपालगञ्जमा मधेशी मोर्चाको विरोध -याली – वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ

बिआरटीनेपाल २०७३ चैत ३१ गते ११:५१ मा प्रकाशित

निर्वाचन बहिष्कार गरी आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज तराईका सबै जिल्लामा विरोध -याली  गरेको छ ।
सोही कार्यक्रम अनुसार मोर्चा बाँकेले पनि आज नेपालगञ्ज उपमहानगरपालिकामा विरोध -याली  निकालेको छ ।

नेपालगञ्जको महेन्द्र पार्कबाट निकालिएको -याली  राँझा एयरपोर्ट, बसपार्क, धम्बोझी, बीपी चोक हुँदै जमुनहा पुगेर विरोधसभामा परिणत भएको थियो ।

निर्वाचनको विरोधमा मोटरसाइकल -याली निकालिएको मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सहमहामन्त्री पशुपति दयाल मिश्रले जानकारी दिए ।

-याली  समापन कार्यक्रममा बोल्दै मोर्चाका नेताहरुले सरकारले माग वेवास्ता गरे आन्दोलन झन सशक्त पार्ने चेतावनी दिएका थिए ।
विरोधसभामा तमलोपा सहमहामन्त्री मिश्र, संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राई, तमलोपा बाँके अध्यक्ष गिरिजा प्रसाद पाठक लगायतका नेताले सम्बोधन गरेका थिए ।

सरकारले संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गर्दै स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

संशोधन प्रस्तावले सीमांकानलगायत मुद्दा सम्बोधन नगरेको आरोप मोर्चाको छ । तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा हिजो बसेको मोर्चा बैठकले संशोधन प्रस्ताव अस्वीकार गरी आन्दोलनमा जाने निर्णय गरेको हो ।

मोर्चाले आज मधेसका सबै जिल्लामा जुलुस निकाल्ने, वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू