अमेरिकामा पनि नयाँ शक्ति, बाबुराम भट्टराई प्रमुख सल्लाहकार

विआरटि नेपाल सम्बाददाता

अमेरिका,१४ अगष्ट

अमेरिकामा इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाको गठन गरिएको छ । नयाँ शक्ती नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई र नवराज सुवेदी प्रमुख सल्लाहकार रहेको इन्टरनेशनल नेपलिज सोसाइटी नेपालमा शान्ति, विकाश र आर्थिक समृद्धिका लागि सहयोग गर्ने उद्देश्यले गठन गरिएको हो ।

अमेरिकाको गैरनाफामुलक संस्थाको कानुन अनुशार न्युयोर्कमा दर्ता गरिएको यो संस्थाका सल्लाहकारहरुमा शंकर भण्डारी, किशोर पन्थी, केशव भट्टराई, शिव गौतम र डाक्टर जीत जोशी रहेका छन् ।

त्यस्तै इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाका संयोजक ज्ञानप्रसाद रिमाल र सहसंयोजक विनय पोखरेल रहेका छन् भने भने डाक्टर रमेश कुमार आचार्य कार्यक्रम प्रमुख रहेका छन् ।

मेघासिंह अधिकारी, उदय केसी, अनिता सिलवाल, लोकनाथ मिश्र र विभा दवाडी सदस्य रहेको संस्थामा अन्य सदस्यहरु क्रमश थप्दै जाने र यथाशीघ्र भेलाको आयोजना गरी पूर्णरुपको कार्यसमिति निर्माण गरिने बताईएको छ ।

इन्टरनेशनल नेपलिज सोसाइटी अमेरिकाका प्रमुख सल्लाहकार डाक्टर बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपालका संयोजक हुन् भने नवराज सुवेदी प्रवास प्रादेशिक समितिमा संयोजक हुन् ।

त्यस्तै संस्थाका सल्लाहकार शंकर भण्डारी नयाँ शक्तिका प्रवास प्रादेशिक समितिका सहसंयोजक हुन् ।

Published on August 14, 2016 at 4:34 am

Loading...

यसमा तपाइको मत