कतारमा रामचन्द्र बचाउ अभियान सफल

विआरटि नेपाल सम्बाददाता

Published on August 14, 2016 at 10:45 pm

14012289_281865908853351_1078972771_n

लक्ष्मण रसाइली कतार ।
कतारमा रातमा निन्द्रा दिनमा चर्को घाम नभनी मानव बचाउ अभियानले गर्‍यो रामचन्द्र बचाउ अभियानमा अमूल्य योगदान पुर्याए युवाहरूले ।
विगत १५ महिना देखि सवारी दुर्घटना बनाइ मान्छे मारेको अभियोगमा साउदीको हायल जेलमा रहेका कुशादेबी २ काभ्रेका रामचन्द्र तिमिल्सिनाको उद्धारमा मानव बचाउ अभियान कतारले अमूल्य सहयोग गरेको छ । तिमिल्सिनालाई साउदी अरबको अदालतका अनुसार ४५ दिन भित्र १ लाख २० हजार साउदी रियल ब्लड मनि भर्न आदेश दिए सँगै कतारमा कार्यरत सेखर देव कुवरको संयोजनमा रामचन्द्र बचाउ अभियान सन्चालन गरी बचाउ अभियान सफल भयको छ । मानव बचाउ अभियान कतार सन्योजक एबम सदस्यहरू दिन रात खटेर रामचन्द्र बचाउ अभियानमा अमूल्य योग्दान पुर्याएका छन् । कतार, साउदी, दुबई, मलेसिया, कुबेत, कोरिया आदि देशहरूबाट सहयोगी मनहरू एबम विभिन्न सङ्घ सस्थाहरूबाट पनि रामचन्द्र बचाउ अभियानमा सहयोगसँगै अभियान सफल भएको छ।

Loading...

यसमा तपाइको मत