म मेहनती र गरिब विद्यार्थीको आँसु झरेको हेर्न सक्दिन-प्राध्यापक जोशी

विआरटि नेपाल सम्बाददाता

Published on August 14, 2016 at 11:43 am

tulasi

विजय थापा, वासिङ्टन डिसी
नेपालको दुर्गममा पनि महा दुर्गम क्षेत्र बझांगमा जन्मिएका प्रा तुलशी जोशी (बिध्या वारिधि )अमेरिका एकादेशमा आएका हुन् l उनले सारै दुख गरेर पढेको कहानी सुनाए । अमेरिका त के ? आफू जन्मेको र हुर्केको गाउँ बझांग बाट काठमाडौँ आउन मात्र १५ दिन सम्म भारतको बाटो हुँदै काठमाडौँ पुगेको रोचक राम कहानी सुनाए l

अति मेहनतसँग पढेर अमेरिका आउने भाग्यशाली मध्येका एक होनहार विद्यार्थी हुन् ,यिनै तुलसी जोशी l उनी भन्छन्, हामी आएको समयमा अमेरिकामा उनको अनुमानमा केवल १० /१२ जना मात्र नेपालीहरूको सङ्ख्या भएको बताए । त्यो सङ्ख्या पढ्न आएको विद्यार्थी मात्र थियो उनले बताए । वासिङ्टन डिसी स्थित राष्ट्रपति भवन व्हाइट हाउस अगाडी दिउसै श्याल कराउने अवस्थामा उनी अमेरिका आएको बुझियो l उनी भन्छन् अहिलेको भर्जिनियाको चर्चित सहर टाइसन कर्नर भन्ने स्थान जङ्गल जस्तो देखेको हल्का स्मरण रहेको बताए l

९० को दशक पछि नेपाली समुदायहरू अमेरिका आउने क्रम बीज गणतीय रूपमा वृद्धि भएको जग जाहेर छ तर उनी सन् १९६४ मा अमेरिका आएका हुन् l यति अगाडी नेपालीहरू आउने मध्येका एक बझांगे युवा तुलशी जोशी अमेरिकामा आएर सबै शिक्षा हासिल गरेर बिद्या वारिधि गरेर गत साल २०१५ मा आफूले पढाउने विश्व विद्यालयमा अवकास प्राप्त गरेका छन् l

प्रा जोशी अमेरिकाको वेस्ट भर्जिनियाको फेयर मन्टमा स्थाई बसोबास गर्छन् l सुदुर पश्चिम बझांगमा पढाई सुरु गरी त्रिभुवन विश्व विद्यालय, अमेरिकाको युनिभर्सिटी अफ पित्ट्सवर्ग तथा युनिभर्सिटी अफ हवाईमा भूगोलमा अध्ययन सकी वेस्ट भर्जिनिया स्थित फेयर माउन्ट स्टेट युनिभर्सिटीमा ४० वर्ष भन्दा बढी समय अध्यापन गराई अवकास प्राप्त गरेका प्राध्यापक हुन् l तर अहिले पनि उनले उक्त विश्व विद्यालयमा अंशकालिक प्राध्यापकको रूपमा अध्यापन गराई रहेका छन् l

tulasi-joshi-800x600

नेपाली विद्यार्थीले अमेरिकामा पढ्न पाउन भन्ने हेतुले आफूले पढाउने विश्व विद्यालयमा झन्डै ३ दर्जन भन्दा ज्यादा नेपाली विद्यार्थीलाई पढाउने चाजो छात्रवृति बाट मिलाएको बताए l प्रा जोशीले अगाडी भने मैले आफ्नो नाममा पनि छात्रवृति स्थापना गरेको बताए l

आफू दुर्गम स्थानबाट अमेरिकामा आएर सङ्घर्ष गर्दै यो अवस्थामा आफू पुगेकोले दुर्गम स्थानका, ईमान्दार, मेहनती र गरिब विद्यार्थीले उच्च शिक्षा हासिल गरुन भन्ने हेतुले उनीहरूलाई मौका दिने पहल गरेको बताए l

यस्ता विद्यार्थीको चाहना हुँदा हुँदै अमेरिका जस्तो देशमा पढ्न नपाउदा आँसु झर्ने गर्छ l विद्यार्थीको यस्तो अवस्था हेर्न सक्दिन भन्दै सक्ने सहयोग गर्ने बताए l उनी भूगोल शास्त्रका प्राध्यापक हुन् l शैक्षिक, सैद्धान्तिक तथा सामाजिक क्षेत्रमा उनले गरेको अतुलनीय योगदानको कारण उनी पटक पटक नेपाल र अमेरिकामा सम्मानित भएका छन्  l

गत वर्ष २०१५ मा सिकागोमा दि एसोसिएसन अफ अमेरिकन जियोग्राफ़रले उनलाई सम्मान गर्‍यो l जुन पुरस्कार विश्व भरका भूगोलवेत्ताहरुलाई सम्मान गर्ने गर्छ भने उनी भन्छन् वेस्ट भर्जिनियाबाट यस्तो सम्मान पाउने सम्भवत आफू रहेको उनले बताए l

अमेरिकाको राज्यले दिने मान्यता र पुरस्कार प्रतिस्प्रद्धामा प्रा डा जोशीले साइरस आरभ्यांस अवार्ड फर इन्टर नेसनल शिक्षा २००३ मा पुरस्कार सहित नगद ५ हजार पनि प्राप्त गरेका छन् l अमेरिकामा उक्त पुरस्कार पाउने उनी नेपाली मूलका पहिला व्यक्ति हुन् l प्राप्त गरेको उक्त रकमले नेपाली विद्यार्थीलाई फेयर माउन्ट स्टेट विश्व विद्यालयमा नेपाली विद्यार्थीको लागि स्थापित छात्रवृतिको लागि आर्थिक दान दिएको बताए l

उक्त पुरस्कार पाए पछि फेयर माउन्ट स्टेट युनिभर्सिटीमा उनको प्लाग बनाएर भवनमा राखेको छ र यस्तो सम्मान सम्भवत कम व्यक्तिहरूले अवसर पाउने गरेका छन् l यसको साथै सरकारले पनि डा जोशीलाई उत्कृष्ट काम गरे बापत सम्मान गरेको थियो l

डा जोशीले ४० वर्षको अध्यापन अवधिमा झन्डै १० हजार भन्दा बेसी भूगोलका विद्यार्थीलाई पढाएकोमा उक्त सम्मान गरेको थियो l उनले राजा स्व महेन्द्र बाट शैक्षिक विशिष्टताको स्वर्ण पदक प्राप्त गरेका छन् भने अमेरिकामा गभर्नर बाट पनि मान्यता प्राप्त गरेका छन् l

प्रा जोशी भन्छन् आफू अहिले अवकास प्राप्त भए पनि नेपालको छात्रवृतिको लागि आफू निरन्तर लागि रहेको बताए l समाज सेवा गर्नु र आर्थिक दान गर्न उनी निकै अगाडी छन् l उनले भने आफू वेस्ट भर्जिनियाको फेयर मन्टको स्थाई बासिन्दा भएकोले आफूले आर्थिक सहयोग गरी रहने बताए l आफूले वेस्ट भर्जिनियाको घरबार बिहिनलाई १० हजार डलर दिएकोमा आफूलाई सन्तोष लागेको बताए l

यसै गरी फेयर मन्टमा रहेको गैर सामाजिक संस्था सँग मिलेर नेपालको लागि छात्रवृतिको लागि झन्डै ४० हजार डलर भन्दा ज्यादा आफूले लगानी गरेको बताए l यति मात्र नभएर पाठशालामा विद्यार्थीहरूलाई अभिरुचि अनुसारको पढ्ने पुस्तकहरू समेत दिलाई दिएको बताए l

उमेरमा एक पटक पढ्दा स्मरण गर्न सक्ने डा तुलशी जोशीले भने बझांगमा चार कक्षामा अध्ययन गर्दा २/३ कक्षा र आफू ८ कक्षामा अध्ययन गर्दा ६ कक्षाका विद्यार्थीलाई समेत पढाएको कहानी सुनाए l बझांगमा राति पढ्नलाई सल्लो बालेर समेत पढ्नु परेको बाध्यता थियो उनले भने l

तर आज आएर आफू विश्व कै धनी तथा सबै सुविधा प्राप्त मुलुकमा आएर पढेर, पढाएर अवकास समेत लिई सकेको भन्दै जीवन कति चाडो बित्यो भन्दै समाज सेवा र नेपालको लागि छात्रवृतिमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जाहेर गरे l

Loading...

यसमा तपाइको मत