अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५०
| Colorodo: 15:05
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकार राष्ट्रिय दायित्वबाट पछि हटेर लम्पसारवादमा लागेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विदेश नीतिको सन्दर्भमा सरकारले विश्वसनीय काम गर्न नसकेको बताउनुभयो ।
नेता महतले सरकारका गलत क्रियाकलापविरुद्ध कांग्रेस संसदभित्र र बाहिर सशक्तरुपमा प्रस्तुत् हुने समेत स्पष्ट पार्नुभएको छ । संगठन विस्तार नभएसम्म पार्टीको महाधिवेशन हुन नसक्ने भएकाले पार्टी सभापतिले यसबारे गृहकार्य गरिरहेको उहाँको भनाइ थियो ।