अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

६ जना सचिवको सरुवा

बिआरटीनेपाल २०८१ वैशाख २१ गते ६:१५ मा प्रकाशित

सरकारले राजपत्राङ्कित केही विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो ।मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डा.गणेशप्रसाद पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संस्कृति तथा पर्यटन मन्त्रालय र डा.गोविन्द्रप्रसाद शर्मा कृषि तथा पशुपक्षी मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको छ ।

डा।दीपककुमार खडका वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपक्षी मन्त्रालय, डा.दीपककुमार काफ्ले संस्कृति तथा पर्यटन मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा हुनुभएको छ। डा. रेवतीकुमार पौडेल पशुपन्छी विकासबाट कृषि विकासमा सरुवा हँदा राधिका अर्याल लुम्बिनी मन्त्रिपरिषद्को कार्यालयबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू