अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५
| Colorodo: 19:40
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला समितिहरुका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
बैठकपछि पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठल लामो समयदेखि टुंगिन बाँकी सांगठनिक एकीकरणमा ७७ जिल्ला कमिटीहरुका अध्यक्ष र सचिवका बारेमा टुंगो लगाएकोे जानकारी दिनुभयो । श्रेष्ठका अनुसार भोलि सूची सार्वजनिक गरिने छ ।
केही दिनपछि बस्ने बैठकले पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यबिभाजन गर्ने प्रवक्ता श्रेष्ठको भनाई छ । पार्टीको सचिवालय बैठकले ७१ औं पार्टी स्थापना दिवसको अवसरमा भोलि सोमबार दिउँसो १ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गर्दैछ ।