अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

उत्तर कोरियाली उच्च पदस्थ अधिकारी अमेरिका आउँदै : ट्रम्प

बिआरटीनेपाल २०७५ जेठ १५ गते १०:१७ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार कोरियाली उच्च पदस्थ अधिकारी किमसँग गर्ने भनिएको शिखर वार्ताको तयारीका लागि छलफल गर्न न्यूयोर्कका लागि छुट्नुभएको आफ्नो ट्वीटर सन्देशमार्फत जानकारी गराउनुभयो ।

ट्रम्पले लेख्नुभएको छ, “हामीले उत्तर कोरियासँगको शिखर सम्मेलनका लागि एउटा समूह बनाएका छौँ ।
शिखर सम्मेलन तथा अन्य विविध बिषयलाई लिएर सम्बन्धित पक्षसँग हाल छलफल चलिरहेको छ ।”

उहाँले सन्देशमा थप उल्लेख गर्नुभएको छ, “शिखर सम्मेलनको तयारीका सन्दर्भमा उत्तर कोरियाको वर्कर्स पार्टीका उपाध्यक्ष किम योङ चोल मेरो पत्रको प्रति ठोस प्रतिक्रिया जनाउँदै अहिले न्यूयोर्कतर्फ आउँनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू