अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६
| Colorodo: 18:51
स्याङ्जाको वालिङ नगरपालिका मर्दीखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ दुर्घटनामा भएको हो ।दूर्घटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ३२ वर्षीय गंगा पल्ली र ७७ वर्षीय दल बहादुर पल्ली रहेका छन् ।
त्यस्तै गल्याङ नगरपालिका का ५५ वर्षीय लिला कुमारी पल्ली, ४ वर्षीय करिष्मा थापा र २ बर्षे अर्चल विक गम्भीर घाईते भएका छन् ।जीप सडकदेखि करिव ५० मिटर तल खसेको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।