अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

टर्कीमा अत्यधिक गर्मीका कारण जंगलमा आगलागी हुँदा ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन १७ गते ७:४२ मा प्रकाशित

टर्कीमा अत्यधिक गर्मीका कारण जंगलमा भएको आगलागीमा ७ जनाको मृत्यु भएको छ । टर्कीका बिभिन्न ९८ स्थानमा भएको आगलागीका कारण सयौं बिस्थापित भएका छन् ।
हाल ८८ वटा क्षेत्रको आगलागी नियन्त्रणमा लिईएको छ । टर्कीमा बर्षेनी गर्मीका कारण मानिसको ज्यान जाने गरेको छ । त्यहाँको तापक्रम अहिले ४८ डिग्री पुगेको छ ।

अत्यधिक गर्मीकै कारण कलेज र बिद्यालयहरु बन्द गरिएका छन् । टर्कीका जंगल आसपासका बस्तीहरु खाली गरिएका छन् । केही घरहरु पनि जलेर नष्ट भएका छन् । बिगत एक साता देखि जारी गर्मी केही दिन रहने मौसमबिदहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू