अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

बहराइनका राजकुमारसहितको टोलीद्वारा लुबुचे हिमाल आरोहण

बिआरटीनेपाल २०७७ असोज १७ गते ६:५३ मा प्रकाशित

बहराइनका राजकुमारसहितको टोलीले लुबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।बहराइनका राजकुमारसहितको टोलीले बिहान आठ बजेर ५० मिनेटमा सफलतापूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

सोलुखुम्बुमा रहेको लुबुचे हिमाल ६ हजार १ सय १९ मिटर अग्लो रहेको छ । नेपालमा सन् २०२० को यो पहिलो हिमाल आरोहण हो । १५ जना बहराइनी र ३ जना बेलायतीसहित भदौ ३१ गते काठमाण्डौ आएको टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको पनि अनुमति पाएको छ ।

प्रतिक्रिया