अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

पालिका उपचुनाव- ६२ प्रतिशत मतदान, मतगणना आजैदेखि

बिआरटीनेपाल २०८१ मंसिर १६ गते ६:२१ मा प्रकाशित

पालिकाका रिक्त विभिन्न ४१ वटा पदका लागि आज भएको उपचुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।सहायक प्रवक्ता चालिसेका अनुसार आज भएको मतदानमा ६२ प्रतिशतभन्दा धेरै मत खसेको छ । मतदानमा वृद्धवृद्धा, अशक्त, गर्भवती र सुत्केरीलगायतका मतदाताको उत्साहजनक सहभागिता रहेको थियो । उपचुनावका लागि दुई लाख २६ हजार सात सय ९९ जना मतदाता थिए ।

नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी कुल ४१ पदका लागि आज मतदान भएको हो । यो उपचुनावमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगका सहायक प्रवक्ता चालिसेले सर्वदलीय छलफलपछि आजै रातिदेखि मतगणना शुरू हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू