अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

विगतमा घेराबन्दी थियो, अहिले छैन- प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ साउन १ गते ६:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा जस्तो अहिले घेराबन्दीको अवस्था नरहेको बताउनुभएको छ । बालुवाटारमा मंगलबार भएको कार्यक्रममा बोल्दै ओलीले विगतमा आफूले पार्टीभित्रकै डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको पनि बताउनुभयो। ‘मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू पनि छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘मैले अप्ठाराहरूसँग जुधेको छु। कोभिड, नाकाबन्दी र पार्टी भित्रकै डरलाग्दा अप्ठाराहरूसँग जुधेको छु। आज कतै पनि त्यस्तो स्थिति छैन। त्यसप्रकारको घेराबन्दीको स्थिति छैन।’

प्रधानमन्त्रीले प्राकृतिक विपद भने अहिले रहेको बताउनुभयो। उहाँले आगामी दिनमा प्राकृतिक विपद न्यूनिकरणमा ध्यान दिँदै गइने पनि बताउनुभयो। सरकारले सुशासन र विकासमा काम गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने पनि ओलीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय