अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

बिआरटीनेपाल २०८१ असार ११ गते ६:३७ मा प्रकाशित

सरकारको मन्त्रिपरिषदको बैठकले २१ वटा निर्णय गरेको छ। सोमबार बिहान बसेको बैठकले विभिन्न मन्त्रालय अन्तर्गत २१ वटा निर्णय गरेको छ। नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्यालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उहाँ निलम्बनमा रहँदा अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गर्ने र सरूवा गर्ने निर्णय गरेको छ।

अर्थ मन्त्रालयले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कार्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

त्यस्तै असार २७ गतेदेखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनको भ्रमण स्वीकृत गर्ने निर्णय पनि भएको छ। विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा. रामप्रसाद धिताल तथा रिक्त दुई सदस्यमा डा। मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई सरकारले नियुक्त गरेको छ। राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा। राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ।

असार १४ गतेदेखि २० गतेसम्म कोरियाको सिओलमा हुने कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको वैदेशिक भ्रमण कार्यक्रम स्वीकृत भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू