अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमै सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई गृहकाे निर्देशन

बिआरटीनेपाल २०८१ असार ११ गते ६:२२ मा प्रकाशित

गृह मन्त्रालयले वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई निर्देशन दिएको छ ।सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सम्बन्धित पालिकासँग समन्वय गरेर वडास्तरमा विवरण सङ्कलन गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सरकारले पहिलो चरणमा २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएकाले वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न निर्देशन दिइएको प्रवक्ता भट्टराईले बताउनुभयाे ।

गृह मन्त्रालयले विवरण सङ्कलनका लागि २८ वटा जिल्लामा चार सय ३८ जना दर्ता अपरेटर परिचालन गरेको छ । पालिकासँग समन्वय गरेर विवरण दर्ता स्टेशन थप गर्ने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

साउनदेखिको भत्ताका लागि भदौ मसान्तसम्ममा परिचयपत्र लिएर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गर्नुपर्छ । आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असहाय र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक नपर्ने पनि गृह मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू