अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७ | Colorodo: 21:22

कांग्रेस र एमालेभित्रको समस्या पनि मैले समाधान गरिदिनपरेको छ: प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ असार ८ गते ७:४३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमाले भित्रको समस्या पनि आफूले मिलाइदिनुपरेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार नेपाल बुद्धिजीवि संगठनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले कहिलेकाहीँ कांग्रेस र एमालेको पनि पार्टीभित्रको समस्या समाधान गरिदिनुपरेको बताउनुभयो । ‘कहिलेकाहीँ नेपाली कांग्रेसलाई, कहिलेकाहीँ एमालेलाई पनि संयोजन गर्ने, उहाँहरू भित्रको समस्या पनि मैले नै समाधान गरिदिनपर्‍या जस्तो गरी मैले काम गर्न परिराखेकै छ। गरि पनि रहेको छु,’ प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले अगाडि भन्नुभयो, ‘मान्छेले हेर्दा कहिले यता कहिले उता पनि भन्छन्। तर मैले पार्टी आन्दोलन र देशको आवश्यकता अनुसार प्रमुख राजनीतिक दलहरूस सदन भित्रका पनि र बाहिर भएकालाई पनि संयोजन गर्ने कुरा गरिराख्याछु।’ उहाँले देशमा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने बाटोमा आफू पूरा आत्मविश्वासका साथ हिँडेको बताउनुभयो। ‘सुशासन सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरू गर्न सकिन्छ भन्ने कन्फिडेन्स लिएरै हिँडेको छु। तपाईंहरू किन सक्नुहुन्न?’ प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू