अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

चुच्चे नक्सामा समेटिएको क्षेत्रमा बाटो बनाउन बजेट नहालेको भन्दै सांसद बडूद्धारा संसदको रोष्ट्रममै मौनधारण

बिआरटीनेपाल २०८१ असार ५ गते ८:०४ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सदनको रोष्ट्रममै मौनधारण गर्नुभएको छ । सरकारले बजेट विनियोजन गर्दा दार्चुलालाई बजेट नपठाएको विरोधमा उहाँले एक मिनेट मौनधारण गर्नुभएको हो । सांसद बडुले आफ्नो देशको एक ठाउँबाट अर्को ठाउँमा जान भारतबाट जानुपर्ने अवस्था रहेको पनि सुनाउनुभयो ।

उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जोडिएको क्षेत्रमा बजेट नराखेकोप्रति आपत्ति जनाउनुभयो । चुच्चे नक्सा बनाउँदा सबैको सहमति भए पनि त्यहाँ सडक निर्माणमा भौतिक पूर्वाधारमन्त्रीले बेवास्ता गरेको उहाँको आरोप छ । बडुले भन्नुभयो, ‘उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती एउटै पार्टीको हुनुहुन्छ । दुवै एउटै पार्टीको हुँदा सहज हुन्थ्यो । पार्टी फरक पर्दा फरक हुनसक्थ्यो । दार्चुलाबाट एमालेका शीर्ष नेताहरु पनि भेटेर भनेका छौं भन्थे, तर तीन जना बसेर के निर्णय भएको रहेछ भन्दा निर्णय त जिरो ….गायब छ । यो राष्ट्रिय महत्वको कुरा हो । अहिले पनि समय छ । यस्तो इस्युमा सबै उभिउन् । एउटा सांसदको विषय नहोस् । यो पूर्वनिर्णय लत्याएर सुनुवाइ भएन, त्यसको विरुद्धमा जनताको कुरा नसुनेपछि म एक मिनेट मौनधारण गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू