अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

बिआरटीनेपाल २०८१ असार ५ गते ७:१३ मा प्रकाशित

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा मंगलबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा सुनुवाईका लागि पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग गरिएको छ ।

यसअघि तिलप्रसाद श्रेष्ठको एकल ईजलासले लािमछानेविरुद्ध कास्कीको जाहेरी माग गरेको थियो भने मनोज कुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले रुपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्र मगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू