अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

सहकारी ठगी प्रकरण- कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार फेरि बस्ने

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:४८ मा प्रकाशित

सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो ।

बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो । शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उहाँले जानकारी दिनुभयो । बैठकमा सत्ता पक्ष सहकारीको नाम राख्न सहमत भए पनि रवि लामिछानेको नाममा असहमति भएको बर्तौलाले बताउनुभएको छ ।

कांग्रेस नेता जीवन परियारले सत्ता पक्षले नाम नराखी छानबिनको दायरालाई अगाडि बढाउन प्रस्ताव गरेको बताउनुभयो । उहाँले सम्बन्धित व्यक्तिको बारेमा छानबिन गर्ने उल्लेख नगरी कांग्रेसले कार्यदलमा सहमति नगर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू