अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

अहिल्यै पार्टी एकीकरण हुँदैन, सहकार्यको माध्यमबाट त्यस बिन्दुमा पुग्न सकिन्छ -एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ वैशाख १० गते ७:११ मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलहरू एकताको बिन्दुमा पुग्न सकिने बताउनुभएको छ। सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ता सहकार्यको माध्यमबाट एकताको बाटोमा पुग्न सकिने बताउनुभयो। ‘अहिल्यै मिल्न थाल्यौं भने किन फुट्या भनेर प्रश्न उठ्छ। अहिले सहमति र सहकार्य गरेर जाऔं। सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं’,ओलीले भन्नुभयो ।

उहाँले अहिल्यै पार्टी एकीकरण गरिहाल्छौं वा भइहाल्छ भन्ने मनसायमा नहिंड्न आग्रहसमेत गर्नुभयो। ओलीले वामपन्थीहरूमात्र नभएर देशभक्ति शक्तिहरू मिलेर जाने समय भएको बताउनुभयो। ‘वामपन्थीहरू मिलेर अगाडि बढ्ने अवस्थामात्र होइन, देशभक्ति शक्तिहरू मिलेर जाने समय हो। जो देशको स्वाधीनता र स्वतन्ताको पक्षमा वकालत गर्छ। भ्रष्टाचारविरुद्ध लाग्छ। जनताको आकांक्षा पूरा गर्न लाग्छ। हो ती शक्तिहरू मिलेर जानुपर्छ’, ओलीले भन्नुभयो। उहाँले अहिलेको सरकारले जनताको समस्या समाधान गर्ने बताउँदै सत्ता साझेदार दललाई गरिबीको अन्त्य गर्ने अभियानमा लाग्न आग्रह गर्नुभयो।

‘अहिलेको समीकरण देशमा विकासको अभियान चलाउने र जनताका समस्या समाधान गर्ने हो। सरकारमा हुने दलहरूको प्रमुख कार्य गरिबीको अन्त्य गर्ने हुनुपर्छ। पोलिटिक्सलाई प्रचारबाजीमात्र होइन, उपलब्धि हासिल गर्ने कुरामा पनि केन्द्रित गर्नुपर्छ’,अध्यक्ष ओलीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू