अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले लगानी गर्ने

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ८:४१ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताउनुभएको छ ।शनिबार अन्तर्राष्ट्रिय मुद्रा कोषको बसन्तकालीन बैठक सकेर स्वदेश फर्किनुभएका अर्थमन्त्री पुनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनले सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको बताउनुभयो । उहाँले ६३५ मेगावाट दुधकोशीमा एडिबीले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताउनुभयो । उहाँले नेपालमा विदेशी लगानी कर्ताहरुको बाहुल्यता भएको मुलुकमा अमेरिका तेस्रो स्थानमा रहेको र आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न इच्छुक भएको बताएको जानकारी दिनुभयो । लगानी सम्मेलनमा अमेरिकाको चेम्बरको उपाध्यक्ष नै उपस्थिति हुने बताउनुभयो ।

अर्थमन्त्री पुनले अमेरिकी चेम्बर अफ कमर्सले आइटी लगायतका क्षेत्रमा लगानी गर्ने भएको बताउनुभयो ।

प्रतिक्रिया