अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 12:12

विदेशीले नेपालमा झन्डै २८ अर्ब खर्च गर्दा नेपालीले विदेशमा ६८ अर्ब ७१ करोड रुपैयाँ खर्चिए

बिआरटीनेपाल २०८१ मंसिर २७ गते ६:०८ मा प्रकाशित

चालू आर्थिक वर्षको चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म खुद सेवा आय २२ अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २७ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च तीन दशमलव आठ प्रतिशतले बढेर २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यस्तै चार महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेश लैजाने रकम १० दशमलव तीन प्रतिशतले बढेर ६८ अर्ब ३१ करोड पुगेको छ ।

यसमध्ये शिक्षातर्फकाे खर्च ३७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको चार महिनामा भ्रमण खर्च ६१ अर्ब ९२ करोड रहेकोमा शिक्षातर्फ ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय