अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५३ | Colorodo: 10:08

वर्तमान सत्ता गठबन्धन माघ महिना कट्दैन : गगन थापा

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ८:३९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।महामन्त्री थापाले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गर्नुभयो । उहाँले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताउनुभयो । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताउनुभयो ।

महामन्त्री थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताउनुभयो । उहाँले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउनुभयो । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो । महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू