अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

सत्ता सहकार्यलाई दिगो, परिणाममुखि र सफल बनाउन एमाले केन्द्रित हुन्छ : अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ८:३७ मा प्रकाशित

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समिकरणलाई दिगो, परिणामुखि र सफल बनाउन एमालेले सम्पूर्ण सामथ्र्य केन्द्रित गर्ने बताउनुभएको छ । शनिबारबाट ललितपुरको गोदावारीस्थित सनराईज हलमा शुरु भएको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले जनताको मनमा यस सहकार्यको दिगोपनामाथि आशंका रहेको उल्लेख गर्दै त्यसको खण्डन पनि कुनै मन्तव्य वा वक्तव्यबाट नभई व्यवहारबाटै दिने बताउनुभयो । उहाँले जनतामा व्याप्त निराशा चिर्ने र देश अघि बढ्छ भन्ने विश्वास जगाउने गरी तिब्र रफ्तारका साथ काम गर्न सरकारलाई पनि सुझाव दिनुभयो ।

राजनीतिलाई सधैंभरी प्रयोगको थलो बनाईराख्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस खालको गतिविधि गरे आफँै फस्न सकिन्छ भन्ने तथ्यलाई हेक्का राख्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई सचेत गराउनुभयो । अध्यक्ष ओलीले एमालेले देश र जनताको हितका लागि नयाँ सत्ता समिकरण बनाएकाले त्यसमा पदीय लालचा नराखेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू