अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछ : महामन्त्री शर्मा

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ८:३३ मा प्रकाशित

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताउनुभएको छ । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।महामन्त्री शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताउनुभयो । उहाँले इलामले अब परिवर्तन खोजेको पनि बताउनु भयो । उहाँले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनाव लड्न आग्रह गर्नुभयो ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका डम्बर खड्काले पहिचानको मुद्दामा नेपाली काँग्रेसले पूर्ण रुपमा सहयोग प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नाम तोकिसकिएको कोशी प्रदेशलाई एक नम्बर प्रदेशको रुपमा अभिव्यक्त गर्दै आफूले पहिचानवादीको मुद्दा बोकेकाहरुको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको बताउनुभयो । महामन्त्री शर्माले निर्वाचनमा आफूलाई इलामका जनताले जिताउनेमा ढुक्क रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू