अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

वाणिज्य बैंकको औसत खराब कर्जा साढे ३ प्रतिशत, ६ बैंकले घटाउँदा १३ को बढ्यो

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:५७ मा प्रकाशित

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २० वाणिज्य बैंकको औसत खराब कर्जा ३.५१ प्रतिशत कायम भएको छ । बैंकहरूले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा खराब कर्जा बढेको हो ।गत वर्षको सोही अवधिको तुलनामा खराब कर्जा ०.६१ प्रतिशत विन्दुले बढेको हो । गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा २.९० प्रतिशत थियो ।

चालु वर्षमा सर्वाधिक खराब कर्जा बढ्नेमा लक्ष्मी सन्‌राइज बैंक छ । यो बैंकको खराब कर्जा ३.६७ प्रतिशत विन्दुले बढेको छ । गत वर्षको चैत मसान्तसम्म लक्ष्मी सन्‌राइजको खराब कर्जा १.८२ प्रतिशत थियो । त्यस्तै, एनआईसी एसिया बैंकको खराब कर्जा २.२३ प्रतिशत विन्दुले वृद्धि भएको छ । चैत मसान्तसम्म एनआईसी एसियाको खराब कर्जा ३.०८ प्रतिशत कामय भएको छ । गत वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ०.८५ प्रतिशत थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू