अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बिआरटीनेपाल २०८१ वैशाख ६ गते ८:२३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उहाँहरूबीच बिहीबार सिंहदरवारमा भेटवार्ता भएको हो।पछिल्लो समय गठबन्धनमा देखिएको किचलोको विषयमा छलफल गर्न ओली सिंहदरवार पुगेका हुन्। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर गठबन्धनमा विवाद भएको थियो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्ताले पनि गठबन्धनभित्र किचलो सुरु भएको नेताहरू बताउँछन्। प्रदेशहरूमा देखिएको समस्या र सरकार सञ्चालनका विषयमा उनीहरूबीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू