अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

सत्यनिरुपण र वेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

बिआरटीनेपाल २०८० चैत ३० गते ६:३७ मा प्रकाशित

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

समितिको सदस्य राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा। अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य सिफारिस समितिमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू