अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

शेयर बजार लगातार चाैथाे दिन घट्याे

बिआरटीनेपाल २०८० चैत २१ गते ६:३८ मा प्रकाशित

शेयर बजार आज पनि घटेको छ । गएको आइतवारदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ४३ अङ्कले घटेर दुई हजार छ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज जीवन बीमा, माइक्रोफाइनान्स, म्युचलबाहेक सबै समूहको शेयर घटेको छ । आज रिभर फल्स पावर कम्पनीको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज ६४ लाख ८१ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया