अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालको जित

बिआरटीनेपाल २०८० फागुन २८ गते २३:५७ मा प्रकाशित

त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)लाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ । हङकङको मोङ कोक मैदानमा आज भएको खेलमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रनमा समेटिन पुग्यो ।पिएनजीका हिरी हिरीले सर्वाधिक २८ रन बनाए । यस्तै, टोनी उराले १३ र सेसे बाउले २१ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार, प्रतिश जिसीले दुई तथा आकास चन्द र गुल्शन झाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । नेपालका सन्दिप जोराले ५६ रन बनाए । यस्तै, कुशल भुर्तेलले ५९ रन बनाए भने विवेक यादवले १९ रन बनाए । पीएनजीका असद भालाले २ विकेट लिए । पीएनजीले आजै हङकङसँग खेल्नेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू