अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिनु राम्रो : अध्यक्ष ओली

बिआरटीनेपाल २०८० फागुन १३ गते ६:०६ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताउनुभएको छ। नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाँले अहिलेको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताउनुभयो ।

एमालेले बालकुमारी घटनामा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै आएको छ । उनीहरूले राजीनामा नदिएसम्म सदनमा विरोध कायमै रहने अध्यक्ष ओलीले उल्लेख गर्नुभयो । समाजवादी मोर्चामा सहभागी हुन बोलाइएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले सो मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू