अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

अब संघीयता सबल रुपमा कार्यान्वयन हुनेछ -प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० फागुन १२ गते ४:०९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संघीयता कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभएको छ । सिरहाको सिरहा नगरपालिका– १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने झोलुंगे पुलको उद्घाटन गर्दै उहाँले अब संघीयता सबल रूपमा कार्यान्वयन हुने बताउनुभयो । ‘केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी ऐन पनि कार्यान्वयनमा आउनेछ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्रीले तीन तहको सरकारको सहकार्यबाट हुने विकास निर्माणले मात्रै संघीयतालाई सबल तुल्याउने भन्दै मधेशको विकास बिना मुलुकको विकास नहुने पनि बताउनुभयो । नेपालको विकट भूगोलका कारण अझै झोलुंगे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुंगे पुलको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू