अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल शुरु

बिआरटीनेपाल २०८० फागुन ९ गते ५:५१ मा प्रकाशित

नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल शुरु भएको छ । हिजो प्रस्तुत भएका पाँच वटा प्रतिवेदनमाथि आजदेखि विभिन्न समूह बनाएर छलफल भइरहेको हो ।बैठकमा पार्टीका उपसभापति तथा उपप्रधान/रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको थियो।

समूहगत छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन मारिमार्जनसहित पारित हुनेछन् । मुख्यगरी गठबन्धनको विषयलाई लिएर विवाद रहेको कांग्रेस बैठकमा महामन्त्री थापाको गठबन्धन नगर्ने प्रस्तावले प्रवेश पाएको छ । केही सदस्यले गठबन्धन गर्न नहुने बताएका छन् । तर केहीले भने चुनाव आउन झण्डै ४ वर्ष बाँकी रहेकाले अहिले नै गठबन्धन गर्न नहुने भनेर माओवादीलाई बिच्काउन नहुने बताएका छन् । माओवादीसँगको गठबन्धनकै कारण सात वटै प्रदेश सरकार र सङ्घीय सरकारमा कांग्रेसको सहभागिता रहेको र अब प्रधानमन्त्री समेत कांग्रेसले नै पाउने समयमा गठबन्धनको विरोध गर्नु ठीक नभएको केही सदस्यको भनाइ छ । महासमिति बैठक भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू