अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

अफगानिस्तानमा बाक्लो हिमपातसँगै पहिरो, २५ जनाको मृत्यु

बिआरटीनेपाल २०८० फागुन ८ गते ६:०३ मा प्रकाशित

अफगानिस्तानमा बाक्लो हिमपातसँगै गएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पुर्वीय प्रान्त नुरिस्तानमा भएको घटनामा ८ जना गम्भीर घाइते भएका छन् । पहिरोले २० वटा घरहरु पुरिएका छन् । बाक्लो हिमपातका कारण उद्धारकर्मी घटनास्थल पुग्न असमर्थ भएकाले ठुलो मानवीय क्षति भएको अफगानी अधिकारीहरुले बताएका छन् ।

पहिरोले घर भत्केकाहरु उद्धारमा ढिलाइ हुँदा खुला आकाश मुनि जीवन गजार्न बाध्य छन् । यसअघि अफगानिस्तानमा सन् २०१७ मा गएको हिम पहिरोमा परी ५० जनाको मृत्यु भएको थियो । यसैगरी, सन् २०२१ मा बाढी आउँदा एक सयभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू