अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न हमासलाई समयसीमा तोक्यो

बिआरटीनेपाल २०८० फागुन ७ गते ६:३१ मा प्रकाशित

इजरायले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई समयसीमा दिएकाे छ । हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको छ । मार्च १० देखि रमजान शुरु हुँदैछ । यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो ।

इजरायलले आफ्नो सेना गाजाको दक्षिणी भाग रफाहमा प्रवेश गरेर आक्रमण गर्ने चेतावनी दिएकाे यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । गाजाका विभिन्न भागबाट भागेर आएका १५ लाख प्यालेस्टिनीहरूले रफाहमा आश्रय लिएका छन् । पछिल्लो समय इजरायलले त्यहाँ हवाई आक्रमण तीव्र बनाइरहेकाले  विश्वव्यापी रुपमा विरोध समेत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू