अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

गाजाको नासेर अस्पताल इजरायलको घेराबन्दीमा

बिआरटीनेपाल २०८० फागुन ७ गते ५:४७ मा प्रकाशित

इजरायली डिफेन्स फोेर्स आइ.डी.एफ का सेनाहरु गाजाको नासेर अस्पतालमा प्रवेश गरेपछि सो अस्पतालले आफनो सम्पुर्ण सेवा बन्द गरेको छ ।विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार हमास लडाकुहरुले बन्धक बनाएकाहरु सोही अस्पतालमा राखेको आशंकामा आइ.डी.एफका सेना सो अस्पतालमा प्रवेश गरी अस्पताललाई पुरै घेराबन्दीमा पारेका छन् ।

डब्ल्युएचओका प्रमुख अधानोम गेब्रृेयससले गाजाको नासेर अस्पपतालमा रहेका बिरामीहरुको अवस्था बुझ्न गएका डब्ल्युएचओको टोलीलाई प्रवेशमा रोक लगाएको बताउँदै त्यहाँको स्थिति भयावह रहेको जनाउनु भएको छ । सो अस्पतालमा इजरायली सेनाले अक्सिजन र बिजुली आपुर्ती समेत बन्द गर्दा बिरामीहरु थप मारमा परेका छन् । अस्पतालमा २ सय बढी बिरामी रहेको र जसमध्ये २० जनाको अवस्था गम्भीर रहेकाले थप स्वास्थ्य उपचार आवश्यक भएको औंल्याइएको छ ।

यसैबीच सो अस्पताल परिसरमा इजरायली सेनाले गरेको आक्रमणमा परि २० जना हमासका लडाकु मारिएको इजरायली दाबी छ ।गत अक्टोबर ७ यता इजरायली सेनाले गरेको आक्रमणमा २८ हजार प्यालेस्टेनीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू